इलामको पाथिभरा मन्दिरमा उठेका लाखौं रकम घोटाला - साझाकुरा
मङ्लबार, कार्तिक २०, २०८१

इलामको पाथिभरा मन्दिरमा उठेका लाखौं रकम घोटाला


editor@sajhakura September 30, 2023

इलामको रोङ गाउँपालिका–३ पाथिभरा मन्दिरमा उठेको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ भेटी घोटाला भएको पाइएको छ ।

भेटीको विषयमा अनियमितता छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको आम्दानी र खर्चबाट ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ घोटाला भएको देखिएको हो ।

छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले ८८ लाखबढी रुपैयाँ घोटाला भएको देखिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय इलामले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

सो समितिमा गाउँपालिकाका तर्फबाट लेखापरीक्षक प्रज्वल अधिकारी थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनले आर्थिक वर्ष २०७५/०७६ देखि २०७९ माघ मसान्तसम्मको संस्थाको कुल आम्दानी, खर्च, बैंक मौज्दात गरी ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ नगद मौज्दात रहेको देखाएको भएपनि उक्त रकम कहाँ छ भन्ने प्रतिवेदनमा उल्लेख छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *