इलाम २ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बुवा सुवास नेम्वाङ्गको मृत्यु पश्चात त्यहाँ भएको उपनिर्वाचनमा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा बिजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
निकटतम प्रतिद्धन्दी कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८ सय ३० मतले पछि पार्दै नेम्वाङ्ग बिजयी बनेका हुन् । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले तीन दशक अघि देखि निर्वाचन जित्दै आएको छ ।
२०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन पछि इलाम–२ बाट प्रतिनिधी सभा सदस्य पद रिक्त रहेको थियो ।
प्राप्त अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा स्थापित भएको छ । पहिचानवादी नेता डकेन्द्र सिहं लिम्बुले ११ हजार चार सय ५७ मत प्राप्त गरेका थिए भने
बलियो प्रतिश्पर्धिका रुपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पाँच हजार ५० मत मात्र प्राप्त गरेका थिए ।