ईटको जवाफ पत्थरले दिन माओबादी तैयार छः अध्यक्ष प्रचण्ड - साझाकुरा
सोमवार, माघ ६, २०८२

ईटको जवाफ पत्थरले दिन माओबादी तैयार छः अध्यक्ष प्रचण्ड


editor@sajhakura March 14, 2025

चैैत्र २
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै कडा चेतावनी दिएका हुन् ।

‘इतिहासमा हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०, १५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव छैन । उनले भने, ‘इँटको जवाफ पत्थरले दिन माओवादी र्तयार रहेको उनको भनाई थियो । लोकतन्त्र गणतन्त्रका बिरुद्धमा राजाबादीहरु सलबलाएकाले त्यसको जवाफ दिन आगामी चैत १५ गते काठमाडौंमा बृहत प्रदर्शन राखिएको अध्यक्ष प्रचण्डको भनाई थियो । पुर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले भने ‘तिम्रा आसेपासेले तिमीलाई उचालेका छन् । विदेशीको एक दुई फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको होे भने होसियार, तिम्रो दिवास्वप्न कहिल्यै पूरा हुँदैन,’ प्रचण्डको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *