मंसिर १२,
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको आज बसेको बैठकले उद्योगहरुको बिजुलीको लाइन हाललाई नकाट्ने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले तिर्न बाँकि बक्यौता असुल उपरका लागि वैकल्पिक बाटो प्रयोग सहज ढंगबाट बक्यौता उठाउने निर्णय गरेको छ । यो निर्णयसंगै आजजम्मका लागि बक्यौता बुझाउन निर्देशन सहित उद्योगिलाई दिईएको समयको बिकाद टुङ्गिएको छ ।
यसअघि प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेकोमा सरकारको निर्देशनपछि बिद्युतलाई जोडिएको थियो । प्राधिकरणले तत्कालका लागि बिजुली जडान गरि १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेकोमा १५ दिन पुग्नु एक दिन अघि नियमन आयोगले हिजो लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।