उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज बुधवार बिहान नेपाल फिर्दै - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज बुधवार बिहान नेपाल फिर्दै


admin October 23, 2023

चिन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालको प्रतिनिधीत्व गर्दै चिन भ्रमणमा रहेका श्रेष्ठलाई केहि दिन अघि हृदयघात भएको थियो । हृदयघात पछि उनलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा भर्ना गरिएको थियो । उपचारका लागि उनलाई पाँच दिन सम्म अस्पतालमै राखेर उपचार गरिएकोमा आज उनलाई डिस्चार्ज गरिएको जनाईएको छ ।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बीएफआरमा सहभागी हुन बेइजिङ पुगेका उपप्रधानमन्त्री श्रेष्ठ कार्तिक १ गते हृदयघातका कारण अस्पताल भर्ना भएका थिए ।
आज अस्पतालबाट डिस्चार्जु हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न सम्पुर्ण चिनियाँ चिकित्सक, अस्पताल परिवार र बेइजिङमा रहेको नेपाली दूतावासप्रति सहयोगका लागि आभार प्रकट गर्दै आफ्नो स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
उपचार सफल भै डिस्चार्ज भएका उपप्रधानमन्त्री श्रेष्ठ आगामी कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *