मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पबाट जाजरकोट र रुकुममा गरि हालसम्म ५० बढिको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
भुकम्पबाट हालसम्म रुकुममा मात्र २८ बढिको ज्यान गएको रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जनाए ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोक्काले जानकारी दिए । स्थानीय संचारकर्मीहरुले जानकारी दिए अनुशार जाजरकोट र रकुमका गरि ६७ जनाको शव संकलन भैसकेको तर आधिकारीक पुष्टी हुन बाँकि रहेको जनाईएको छ । उनिहरुले थप दर्जनौं ब्यक्तिहरु हराईरहेको र उद्धारको कार्य जारीरहेको बताएका छन् । सैयौंको संख्यामा मानिसहरु घाईते भएका छन्