११ महिना भित्र एउटै गिरोहले ३ सय ६३ केजी सुन तस्करी गरेको एक अनुशन्धानबाट खुलेको छ । गिरोहका संचालकहरुले नेकपा माओवादीका केही नेता र तिनका परिवारका संग सम्बन्ध बढाई सुन तस्करि गर्ने गरेको पाईएको हो ।
बिषेस गरि चिनियाँ तस्करले नेपालका राजनितिक दलका नेताहरुलाई प्रभावमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट पास गराएको पुष्टि भएको छ ।
तथ्य तथ्यांङ्क अनुसार तस्करीको सुन विमानस्थल भन्सारका कर्मचारी र भन्सार एजेण्टहरुकै मिलेमतोमा तस्करी गिरोहले उक्त मात्रामा अबैद्ध सुन गन्तव्यसम्म पुर्याएको प्रहरी अनुसन्धानले देखाएको छ ।
सुन काण्डमा अनुसन्धानमा तानिएकाहरूसंगको बयानका आधारमा
गिरोहले माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनको परिवारसँग निकटको सम्वन्ध स्थापित गरेको पाईएको छ ।
सुन तस्कर गिरोहले सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को जुलाईसम्म हङकङ र दुबईबाट ३ सय ६२ किलो ७ सय ७८ ग्राम सुन हङकङ र दुबईबाट भित्र्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानबाट खुलेको प्रष्ट भएको हो । पूर्वउपराष्ट्रपति पुन तत्कालीन माओवादी लडाकु कमान्डर थिएभने महरा र वर्षमान पुन माओवादीमा क्रमशः उपाध्यक्ष र उपमहासचिव छन् ।
हङकङबाट ब्रेक–सुको आवरणमा कार्गो गरी ल्याइएका वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास हुँदै सिनामंगल सडकमा पुगेको अवस्थामा गत श्रावण ३ गते बरामद गरिएको थियो ।
तस्करी गरेको सुन काठमाडौंमा व्यवस्थापन जिम्मा पाएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले माओवादी नेता तथा परिवारका सदस्यसँगको पहुँचमा तस्करी र बितरण हुने गरेको पाईएको एक उच्च प्रहरी अधिकारीले बताएका छन् । कतिपय बिदेशी तस्करहरुले नेपाली नेता र कर्मचारीसंगको मिलेमतोमा नेपाली नागरिकता समेत बनाएको अनुशन्धानले देखाएको छ ।