एकादशी मेलाकाे सम्पुर्ण तैयारी पूरा खाँदबारी नगरपालिकाद्वारा बिदाकाे घाेषणा - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

एकादशी मेलाकाे सम्पुर्ण तैयारी पूरा खाँदबारी नगरपालिकाद्वारा बिदाकाे घाेषणा


editor@sajhakura November 11, 2024

कार्तिक २६

खुवासभाको पबित्र धार्मिक तिर्थस्थल खाँदबारी ९ तुम्लिङ्गटारस्थित मनकामना धाममा सदा बर्ष झैं यसपालि पनि भब्य मेलाको तैयारी गरिएको छ । मेलालाई भब्य रुपमा सम्पन्न गर्न कार्तिक २७ गते खाँदबारी नगरपालिकाले माताहतका कार्यालयमा बिदाकाे घाेषणा गरेकाे छ ।
एकादशी मेला नामले प्रशिद्ध रहँदै आएको यो मेला वारिजमुना पारिजमुना नामको गितबाट थप प्रसिद्ध बन्दैआएको छ । बरिष्ठ लोकगायक स्वर्गिय खेमराज गुरुङ्गले एकादशी बजारैमा गितबाट यस मनकामना धामलाई अन्तराष्ट्रिय क्षेत्रसम्म पुर्याएका छन् । बिषेस गरि आज साँझबाट शुरु हुने मेलाको तैयारीका लागि हप्ता दिन अघिबाटै सम्पुर्ण तैयारीहरु शुरु गरिएको छ । मेलालाई थप भब्य बनाउनका लागि शिव परियार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकाहरुको समेत सहभागितामा बिभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक मन्दीर ब्यवस्थापन समितिले जनाएको छ ।
पुर्वको प्रशिद्ध तिर्थस्थलका रुपमा रहेको अरुण नदी स्थीत मनकामना धाममा बर्षेनी यो मेला भब्य रुपमा लाग्दै आएको र यसलाई थप निरन्तरता दिनका लागि खाँदबारी नगरपालिका वडा नं. ९ र सिंगो खाँदबारी नगरपालिकाले समेत आवश्यक पहल र सहयोग गर्दैआएको खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले जनाए ।
उनले स्वर्गिय खेमराज गुरुङ्गले यस पबित्र धामको प्रचारप्रसार र पहिचानलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन महत्वपुर्ण योगदान गरेकाले स्वर्गिय गुरुङ्गको योगदानलाई जिवन्त बनाउन उनको स्मृतिमा बर्षेनी खेमराज गुरुङ्ग स्मृति साँझको आयोजना गरिँदै आएको बताए ।

पुर्वको तिर्थधाम मनकामनामा मृतकका परिवारले दिवंगतका नाममा सद्वीयु छर्ने, स्थानीय उत्पादनहरुको प्रवर्धन र लोक संस्कृतिको संरक्षण र सम्वर्धनका लागि मेलाले महत्वपुर्ण भुमिका निर्वाह गर्दैआएको आयोजक मनकामना धाम मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । आज सोमबार साँझ मेला लाग्ने र मंगलबार धार्मिक भ्रमण, भजनकिर्तन तथा पुजा अर्चना गरिने प्रचलन रहँदैआएकाे छ ।
एकादशीको अवसरमा संखुवासभाको चैनपुर, पाँचखपन, सभापोखरी आदि जस्ता धार्मिक क्षेत्रमा समेत भब्य मेला लाग्ने गर्दैआएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *