एकीकृत समाजवादीको जागरण अभियान आज मेची पुलबाट सुरू हुने - साझाकुरा

एकीकृत समाजवादीको जागरण अभियान आज मेची पुलबाट सुरू हुने


editor@sajhakura October 1, 2023

आज झापाको काँकडभिट्टास्थित मेची नदीबाट अभियान सुरु हुने एकीकृत समाजवादीले बताएको छ।
अभियान २९ गते सुर्खेत पुगेर सभा समापन हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

एक हजार किलोमिटरको यो हाम्रो यात्रा हो। यात्राको क्रममा ७५ वटा साना ठूला सभा हुने छन्। आज मेची पुलमा उद्घाटन सभा हुने छ, त्यसपछि दमक हुँदै विराटचोक पुग्नेछौं। आज हामी इटहरी पुगेर बास बस्छौं,’ प्रवक्ता खतिवडाले भने।

मेची पुलमा हुने सभामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

उनका अनुसार अभियानमा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने तथा जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्म कार्यक्रम छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *