नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने निर्णय गरेको जनाएको छ ।
नव गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न आज बुधबार बसेको सचिवालय बैठकले अहिले बनेको सरकारमा सहभागिता जनाउने निर्णय गरेको जनाईएको छ ।
एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिएकोमा आज उक्त निर्णय गरिएको नेकपा एसको सचिवालयले जनाएको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि निर्णय थप पुष्टी हुने जनाईएको छ ।