भाद्र ८
अघिल्लो एक महिना अर्थात श्रावण महिनामा बिदेशिने नेपालीका संख्या ६० हजार पुगको छ ।
वैदेशिक रोजगार विभागले चालु आव २०८१÷०८२ को शुरुआत साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपालीले वैदेशिक रोजगारीको खोजिमा देश छाडेको जनाएको छ ।
साउनमा २५ हजार पाँच सयले संस्थागत रूपमा र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेश हानिएको रोजगार विभागले उल्लेख गरेको छ । बिभागले जीटूजी मार्फत ६ सय ६८ जना गएका छन् ।
साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा देखिन्छ ।
बिदेश जानेमा तुलनात्मक रुपमा मलेसिया जानेको संख्या भने घटेको छ । यो श्रावणमा मलेसियामा १ हजार ३४४ जना मात्र गएका छन् ।
गत मार्चमा मलेसियाले आप्रवासी श्रमिक लैजान कटौती पछि यो संख्यामा कमी आएको बताईएको छ । गएको श्रावण महिनामा सबैभन्दा धेरै यूएई गएको विभागका निर्देशक गुरुदत्त सुवेदीले जनाए । श्रावणमा १७ हजार ५४१ जना कामको खोजिमा युएई गएका छन् । त्यसपछि दोस्रोमा साउदी अरेबियामा ११ हजार ८०९, तेस्रोमा कतार ११ हजार ७८५ गएका छन् । त्यस्तै कुवेतमा ४ हजार ६९५ रोजगारीको खोजीमा गएका छन् भने जापानमा १ हजार ४७२ र दक्षिण कोरियामा ८१२ जना गएका छन् । यो समयमा युरोप जानेको संख्या पनि उल्लेख््य रुपमा बढेको छ ।
विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् ।
यो श्रावणमा २ हजार २९८ जना रोमानियाँ १ हजार १ सय ३८ जना क्रोएसिया ७ सय साइप्रस, २ सय ३९ माल्टा १ सय ५६ पोल्याण्ड गएको विभागको तथ्यांकमा उल्लेख छ ।