एक केजी अबैद्ध सुनसहित महिला पक्राउ - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

एक केजी अबैद्ध सुनसहित महिला पक्राउ


admin September 3, 2023

उत्तरि रसुवाबाट प्रहरिले एक केजी अबैद्घ सुन सहित एकजना महिलालाई पक्राउ गरेको छ । उनलाई सनिवार मितेरी पुलबाट पक्राउ गरिएको प्रहरिले जनाएको छ ।
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ छिन् ।
केरूङबाट अवैध रूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लागिएको अवस्थामा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको रसुवाका प्रहरी प्रमुख डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनले सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताए । उक्त अबैद्ध सुन ओसारसारका बारेमा थप अनुसन्धान अघि बढाईएको डिएसपी बुढाथोकीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *