एनआरएनएको अध्यक्षमा आरके शर्माले घोषणा गरे उम्मेदवारी - साझाकुरा
शनिबार, अशोज १९, २०८१

एनआरएनएको अध्यक्षमा आरके शर्माले घोषणा गरे उम्मेदवारी


admin September 28, 2023

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकाल २०२३–२०२५ का लागि अध्यक्ष पदमा आरके शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। अक्टोबर १७ देखि काठमाडौंमा हुने ११ औं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ। त्यसका लागि शर्माले कतारबाट आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन्।

शर्माले एनआरएनएका वर्तमान उपाध्यक्षको जिम्मेवारि संम्हालिरहेका छन् । आफ्नो नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको समेत भ्रमण सकिसकेका छन् भने अन्य देशको भ्रमणको तैयारीमा समेत रहेका छन् । ।

बिभिन्न देशको भ्रमणपश्चात आफ्नो पक्षमा प्रवासि नेपाली बिच राम्रो माहोल देखिएको उनले बताएका छन्। उनले भने एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ,’।

कतारको दोहास्थित र्‍याडिसन ब्लु होटलमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो बलियो दावेदारी सहितको उम्मेदवारी घोषणा गरेका शर्माले आफू निर्वाचित भएको खण्डमा २ वर्षे कार्यकालमा पुरा गर्नेगरी २४ बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् । सांगठनिक पुनर्संरचनादेखि एनआरएनएका सरोकारका विषय समेटिएका वाचापत्र विश्वका विभिन्न देशमा गैरआवसीय नेपालीहरूको सल्लाह सुझावका आधारमा तयार गरिएको उनले खुलासा गरे

उनले आफू नेतृत्वमा आए आफ्नो वाचा पत्रअनुसार काम भए नभएको जानकारी प्रत्येक तीन÷तीन महिनामा सार्वजनिक गर्ने प्रतिवद्धतासमेत जनाएका छन्। उनले विदेशमा बस्ने नेपाली श्रमिकहरूको भविष्य सुनिश्चित गराउन भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। एनआरएनएको अध्यक्षका लागि महेश श्रेष्ठले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *