एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार - साझाकुरा

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार


admin October 22, 2023

काठमाडौं( गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नयाँ नेतृत्वले कार्यभार सम्हालेको छ । आजदेखि कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो ।

यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन् । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ ।
कारोबार राष्ट्रिय दैनीकले समचार प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *