एनसेलको खरिदबिक्री काण्ड अध्ययनका लागि उच्च स्तरिय समिति गठन - साझाकुरा

एनसेलको खरिदबिक्री काण्ड अध्ययनका लागि उच्च स्तरिय समिति गठन


editor@sajhakura December 7, 2023

नेपाल सरकारले एनसेल शेयर खरिद बिक्रि प्रकरणको सम्बन्धमा अध्ययन गर्न पाँच सदस्य रहेको एक उच्चस्तरीय समिति गठन गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरिय अध्ययन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।
उनले उच्चस्तरिय समितिलाई ३० दिनको कार्यावधी दिएको जानकारी गराउँदै समितिको सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेलाई नियुक्ति गरिएको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *