एन्फाका अध्यक्ष र महासचिवका बिरुद्धमा अबिश्वासको प्रस्ताव दर्ता - साझाकुरा
शुक्रबार, साउन ४, २०८१

एन्फाका अध्यक्ष र महासचिवका बिरुद्धमा अबिश्वासको प्रस्ताव दर्ता


admin September 11, 2023

अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राई बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
आज एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलार्इलाई तत्काल पदबाट बर्खास्त गर्न माग राख्दै एन्फामा आवद्ध ८६ मध्ये ४९ जना सदस्यले अध्यक्ष नेम्वाङ् र महासचिव राई बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

एन्फाले आज सोमबार जुम मिटिङ्ग मार्फत नै साधारण सभा सम्पन्न गर्ने कार्यक्रम तय भएको थियो । तर अध्यक्ष र महासचिवका बिरुद्धमा अविश्वासको प्रस्ताव दर्ताभएसंगै आज सोमबारका लागि तोकिएको साधारणसभा समेत अनिश्चित बनेको छ ।

जम्मा सदस्य संख्याको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र सदस्य संख्याको दुई तिहाइले अविश्वासको प्रस्ताव पारित गर्नसक्ने बिधानत ब्यवस्था छ ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परिसकेको असन्तुष्ट पक्षको दाबी छ । नेपाली फुटवलको गरिमालाई अध्यक्ष नेम्वाङ र महासचिव राईले निमिट्यान्न पारेको भन्दै उनिहरुले फुटवलको ऐतिहाँसिक गरिमालाई कायम राख्न आफुहरु अविश्वासको प्रस्ताव दर्ता गरेको प्रष्ट्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *