एमसिसी परियोजना बुधबार देखि कार्यान्वयनमा - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

एमसिसी परियोजना बुधबार देखि कार्यान्वयनमा


admin August 31, 2023

भाद्र १४, अमेरिकी सहायता परियोजना एमसिसी बुधबार देखि कार्यान्वयनमा आएको छ।
बुधबार अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले संयुक्त रुपमा नेपालमा एमसिसी परियोजना शुरु भएको घोषणा गरेका हुन् ।
एमसिसी कार्यान्वयनमा आएको घोषणा सँगै नेपालमा एमसिसीको पाँच वर्षे अवधिको पनि गणना सुरू भएको छ। एमसिसी सम्झौता अनुशार निर्माण गरिने परियोजनाहरू आगामि ३० अगस्ट २०२८ सम्म सम्पन्न गरिसक्नुपर्नेछ । ।
बुधबारबाट कार्यान्वयनमा आएको भनिएको एमसिसीअन्तर्गत ३ सय १५ किमि लम्बाई रहेको बिद्युत प्रसारण लाइन, सबस्टेशन र सडक निर्माण तथा मर्मतका आयोजनाहरु रहेका छन्। त्यसैगरि सडक आयोजनाअन्तर्गत पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति समेत गरिने उल्लेख छ।

बिद्युत ट्रान्समिसन लाईन अन्तरगत पहिलो चरणमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको १ सय १७ किमि लामो प्रसारण लाइन निर्माण गरिनेछ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्म ९० किमि, तेस्रो चरणमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किमि लम्बाई रहेको प्रसारण लाइन निर्माणको कार्य गरिनेछ ।
त्यसैगरि नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को भुमहीमा ४ सय केभी क्षमताको सबस्टेशन निर्माण कार्य हुनेछ ।
सम्झौतामा उल्लेखित कार्यहरु सम्झौता अनुशार ५ बर्ष भित्रै सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ । आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि परियोजना कार्यान्वयनमा गएको घोषणा गर्नुअघि देखि नै पूर्वतयारीका केहि कामहरू सम्पन्न गर्नूपर्ने भएकाले केहि काम यस अघिबाट नै शुरु हूँदै आएको पनि एमसिए नेपाल पक्षको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *