भाद्र १३
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्धत्री केपी शर्मा ओलीले एमसिसीका बिषयमा प्रतिनिधी सभाले पारित गरेका १२ बुँदै ब्याख्यात्मक टिप्पणी केवल झुटको खेति मात्र भएको बताएका छन् ।
नेपाल एमसिसी का परियोजना शुरु हुन लागेको समयमा पुर्व प्रधानमन्त्री ओलीबाट आएको यस प्रतिकृयालाई महत्वका साथ लिईएको छ ।
बुधबार बिराटनगरमा संचारकर्मी संगको प्रतिकृयामा ओलीले भने, प्रतिनिधी सभाले पारित गरेको ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरूले नेपाली जनतालाई दिएको धोका सिवाय केहि हैन त्यो नै नेपाली जनतामाथी गरिएको धोखाको बलियो प्रमाण हो । उनले भने त्यसवेला सरकारका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीले संसद र नेपाली जनतालाई धोका दिएका छन् । यो गंभिर बिषय भएकाले पहिला नै पास गर्दा ठीक हुन्छ कि हुँदैन भनेर ब्यापक छलफल गरिनुपथ्र्याे । तर त्यसवेला ध्यान पुगेन ।
सिराहाको सचिवालय बैठकमा सहभागी हुन पुगेका ओलीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै खुलासा गरे , प्रधानमन्त्रीले म सोध्छु भन्नुको छ । किन सोधिराख्नु पर्याे र ? प्रतिनिधी सभाले गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणी सम्झौताको अंग हुन नसक्ने अध्यक्ष ओलीले बताए ।
एमसिसका बिषयमा जनतामाझ ब्यापक असंतुष्टी र गुनासो छ ।
ओली नेतृत्वको
छलफलको त्यो महत्वपुर्ण समयमा नेकपा एमाले भने वर्तमान नेकपा समाजबादी नेता माधम नेपाल र उनी संगै असहमत हुने अन्य १४ जना नेताको संसद पदको खारेजीको माग राख्दै सदनमा अवरोध गरिरहेको थियो ।
ब्यापक बिरोध र साँसद घेराउको बिचमै १२ बुँदे व्याख्यात्मक टिप्पणी घोषणा गर्दै संसदले एमसिसी बहुमतले पारित गरेको थियो। शेरबहादुर देउवाले उक्त समयमा सरकारको नेतृत्व गरिरहेका थिए ,।
बुधबारदेखि एमसिसी कार्यान्वयनमा हुने र पाँच बर्षे अवधीको शुरुआत हुन गैरहेको छ ।
एमसिसी परियोजना आजबाट शुरु भै सन् २०२८ को अगस्ट ३० सम्मा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
परियोजना अन्तरगत ३ सय १५ कि मि लामो बिद्युत प्रसारण लाईन, सवस्टेशन, र सडक निर्माणका योजनाहरु रहेका छन् ।
जस अन्तरगत पहिलो खण्डमा लप्सीफेदिीबाट रातमाटे, र रातमाटेबाट हेटौडा सम्मको १ सय १७ किमि दुरी रहेको प्रसारण लाई निर्माण गरिनेछ । त्यसैगरि दाश्रो खण्ड अन्तरगत रातमाटेदेखि तनहुँको नयाँ दमौलि सम्मको ९० किमि र तेश्रो खण्डमा नयाँ दमौली देखि नयाँ बुटवलको ९० किमि र बयाँ बुटवल देखि नेपाल भार सिमा सम्मको १८ किमि, प्रशारण लाईन निर्माण हुनेछ ।
नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम खण्ड० को भुमहीमा ४०० केभी क्षमता रहेको सबस्टेशन निर्माण गरिनेछ ।
सडक आयोजना अन्तर्गत पुर्व पश्चिम राजमार्ग खण्डको दाङको धानखोला देखि लमी सम्मको सडक बिस्तार र मर्मत तथा स्तरोन्नतिको काम अघि बढाइनेछ ।
यी सम्पुर्ण आयोजनाको सम्झौता अवधी भित्रै कार्यान्वयन भैसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।