एमालेको संकल्प यात्रा टोली आज तेह्रथुममा - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

एमालेको संकल्प यात्रा टोली आज तेह्रथुममा


editor@sajhakura December 15, 2023

नेकपा एमालेको संकल्प यात्रा टोली आज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ । यात्रा आज दिनभर तेह्रथुम जिल्लाभित्रै हुने बताइएको छ ।

तेह्रथुमको वसन्तपुरबाट आज बिहान सुरु हुने यात्रा साँझ आठराई गाउँपालिकाको संक्रान्ती बजारमा पुगेर बास बस्ने जनाइएको छ ।

यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर स्थानीय बासिन्दा, राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको यात्रामा रहेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा टोलीले हालसम्म १ हजार ८ सय १ किलोमिटरको दूरी पार गरिसकेको छ ।
एमालेको केन्द्रीय सचिवालयका सबै पदाधिकारी सहभागी भएको टोलीले मध्पहाडी राजमार्ग अन्तरगतका २६ जिल्लाको यात्रा तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *