एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्री बन्ने - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्री बन्ने


editor@sajhakura July 14, 2024

असार ३०

एमाले अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुनेभएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाकाे विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । प्रचण्डले बिश्वासकाे मत पाउन नसकेपछि नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्रिमा  नियुक्त हुने निश्चित भएकाे हाे । ओ लीले शुक्रबार नै  १६६ सांसदसहित आफ्नाे दाबी  प्रस्तुत गरिसकेका छन् ।
दाबी पेस गर्ने समय भने आज साँझ ५ बजेसम्मलाई ताेकिएकाे छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । नवनियुक्त प्रधानमन्त्रि केपि शर्मा ओ लीले भाेली साेमबार  शपथ लिने कार्यक्रम छ ।
यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने काँग्रेस समर्थनकाे सरकारको नेतृत्व गर्ने निश्चित भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *