एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिस भान बीच भेटवार्ता - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिस भान बीच भेटवार्ता


admin September 3, 2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ । सिंह दरबार स्थीत एमाले संसदीय दलको कार्यालयमा आज आइतवार ओली र होलेनबीच शिष्टाचार भेट भएको हो ।
नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी कामबारे समेत गहिरो चासो व्यक्त गर्नुभएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

सञ्चारकर्मीसँग भेछघाटका बारेमा कुरागर्दै नेकपा एमाले संसदीय दलका उपनेता तथा एमाले पार्टि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा द्धिदेशिय आपसी सम्बन्ध र शान्तिप्रकृयाका बारेमा
कुराकानी गरिएको नेता नेम्वाङले जानकारी दिए ।

सिनेटर समक्ष अध्यक्ष ओलिल आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुने गरी टुङ्गोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेको नेता नेम्वाङको भनाई थियो ।
उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटर क्रिस भान होलेनले अमेरिकी आर्थिक सहयोग परियोजना ९एमसीसी० एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न शुरु गरेकोमा खुशी लागेको प्रतिकृया दिएको नेवाङ्गको भनाई छ । उनले सिनेटर होलेनले एमसिसि सम्झौता कार्यान्वयन गर्न शुरु गरेकोमा नेपाललाई धन्यबाद दिँदै आगामी दिनमा समेत सहकार्यको अपेक्षा अमेरिकाले गरिरहेको शन्देश सुनाएका थिए ।

अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य समेत रहेका होलेन गत शुक्रवारदेखि नेपालमै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *