एमाले नेता रघजी पन्तले संसदमा प्रस्तुत गरे मनैछुने कवीता - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

एमाले नेता रघजी पन्तले संसदमा प्रस्तुत गरे मनैछुने कवीता


admin October 6, 2023

खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार

रहर दाल किलोको दुई सय पचास
बजारभाउ सुन्दा गुम्छ होस हवास

तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ

दशैँको पेस्की आउने कहिले कहिले, पेस्कीमा महँगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिल्यै अँध्यारो छायो

आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ रु
मेरो प्रश्न छ जवाफ देऊ सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *