एमाले बागमती प्रदेशको मतदान आज हुँदै - साझाकुरा

एमाले बागमती प्रदेशको मतदान आज हुँदै


editor@sajhakura September 29, 2023

नेकपा (एमा) ले बागमती प्रदेश कमिटीको मतदान शुक्रबार हुँदैछ ।
अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै बिहीबार साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो ।
शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलको मात्रै उम्मेदवारी कायम भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *