एमाले मन्त्रीहरुको मन्त्रालय बाँडफाँड टुंगियो - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

एमाले मन्त्रीहरुको मन्त्रालय बाँडफाँड टुंगियो


editor@sajhakura March 6, 2024

नेकपा एमालेबाट सरकारमा सहभागी हुने ८ जना मन्त्री र मन्त्रालय टुंगिएको दावी गरिएको छ । एमाले सचिव रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री तोकिएको छ भने अन्य मन्त्रालयमा पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिईएको नेकपा एमालेले जनाएको छ ।
त्यस्तै दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी र बलराम अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने गरि निर्णय भएको एमाले स्रोतले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *