एमाले महासचिव पोखरेलद्वारा कर्णालीमा सर्वसम्मत अध्यक्ष चुन्न निर्देशन - साझाकुरा
सोमवार, असार ३२, २०८१

एमाले महासचिव पोखरेलद्वारा कर्णालीमा सर्वसम्मत अध्यक्ष चुन्न निर्देशन


editor@sajhakura September 28, 2023

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कर्णाली प्रदेशको पार्टी अध्यक्ष सर्वसम्मत चुन्न निर्देशन दिएका छन्।
प्रदेश इन्चार्ज लेखराज भट्टलाई सर्वसम्मतिको निर्देशन दिएर महासचिव पोखरेल बिहीबार सुर्खेतबाट काठमाडौंतर्फ लागेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए।
बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्ने भन्दै उनकै नाममा सर्वसम्मति गर्न निर्देशन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *