एसिया कपमा आज भारतसँग भिड्दै नेपाल - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

एसिया कपमा आज भारतसँग भिड्दै नेपाल


admin September 4, 2023

एसिया कपमा आज नेपाल र भारत बिच प्रतिश्पर्धा हुँदैछ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न शुरुगरेको २७ वर्षपछि आज पहिलोपटक भारतको सिनियर टिमसँग प्रतिश्पर्धा गर्ने ऐतिहाँसिक मौका पाएकोे छ ।

श्रीलंका स्थीत पेल्लेकेले मैदानमा अजा दिउँसो नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ जनाईएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तान संगको पहिलो प्रतियोगितामा नेपाल भारि अन्तरले पराजित भएको थियो भने शनिबार भएको भारत र पाकिस्तानबीच को प्रतिश्पर्धात्मक खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक बाँडेका थिए।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपरफोरमा स्थान पक्का गरेको छ भने अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।
केही गरी वर्षादका कारण खेल रद्द हुने भएमा भारत सुपर फोरमा प्रवेश गर्नेछ ।

भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न गर्दै ब्याटिङमा समेत बिषेस रणनिति अपनाउनपर्ने देखिन्छ ।
विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका भारतीय बलरको सामना गर्न नेपाललाई चुनौतीपूर्ण हुनेछ।
नेपाली टिममा रहेर रोहित पौडेल कप्तान, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकालले खेल्नेछन् । त्यसैगरि भारतीय टिमका खेलाडिहरुमा रोहित शर्मा, श्रीयास ऐयर, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, विराट कोहली, अक्षर पटेल, हार्दिक पाण्ड्या, रविन्द्र जदेजा, इशान किशन, सन्जु सामसन, कुलदिप यादव, मोहम्मद शामी प्रतिश्पर्धामा उत्रने जनाईएको छ ।
आज हुने खेलमा नेपाली खेलाडिलाई हौसला थप्न राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लागिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह आईतबार नै श्रीलंङ्का प्रस्थान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *