एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो - साझाकुरा
शनिबार, अशोज १९, २०८१

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो


admin October 28, 2023

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो
मलेसिया आज भएको एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ। आजको खेलमा नेपालले यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले हराउँदै उपाधी हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेट गुमाउँदै ५० रन बनाउँदा भिषण बर्षाद भएपछि खेल स्थगित गरिएको थियो । वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको तर, यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट हुनपुग्यो ।
नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए। उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरेका थिए।
नेपाललाई जित दिलाउन उत्तम थापा मगरले ५७ रन, अर्जुन कुमालले ५५ रन जोडे। अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए। यूएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको यूएईलेका ध्रुव परेशारलले सर्वाधिक ५९ रन जोडेका थिए भने कप्तान आयन खानले ३०, अर्यान्श शर्माले ३२ रन जोडेका थिए ।
नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिए भने सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *