ओखलढुंगा वाम्बुले राई समुदायले मनाए ढवाङकुम - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

ओखलढुंगा वाम्बुले राई समुदायले मनाए ढवाङकुम


admin September 3, 2023

ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राई समुदायले ढवाङकुम चाड भब्यरुपले मनाएका छन् ।
जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म वाम्बुले राई समुदायले ढवाङकुम चाडमनाउने गर्दैआएका छन् ।
वाम्बुले राई समुदायको बाहुल्यता रहेको जिल्लाको वाक्सा, उँबू, मोली, लगायतका ठाउँमा प्रकृति र पितृ स्मरण सहित पूजा गर्दै यो पर्व भब्यरुपले मनाउँदै आएका छन् ।
ढ्वाङकुमटारमा जम्मा भएर मनाइने यो चाँडमा वाम्बुले राईहरुले नाक्सोमार्फत आफ्नो पितृ र प्रकृतिलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायतका वस्तु चढाउने परंम्परा रहिआएको छ ।
हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङकुमटारमा लगि सामुहिक रुपमा घर परिवार र आफन्तसंग भेटघाट तथा नाचगान समेत गरिने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *