ओखलढुङ्गा जिल्लामा हिजो साँझ भएको आगलागिमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगो निभाउन खटिएकी मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुर ठेगाना भएकी ३९ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।
आगलागिमा परि कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम शख्त घाइते भएकी छिन् । हाल उनको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ ।
सोमबार साँझ ५ः३० तिर भएको आगलागि पेट्रोलियम पदार्थको प्रयोग गरि आगोबाल्ने क्रममा भएको प्रहरीले प्रारंम्भिक अनुमान लगाएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।
