कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गयो - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गयो


editor@sajhakura December 5, 2024

मंसिर २०
तसवीर एजेन्सी
लोकतान्त्रिक गणतन्त्र कङ्गोको दक्षिण पश्चिम क्षेत्रमा नयाँ रोगको प्रकोपबाट ७९ जनाको ज्यान गएको छ भने सैयौंको संख्यामा बिरामी परेका छन् । मौसमी फ्लूको लक्षणहरू देखिने नयाँ रोगका कारण १५ देखि १८ वर्ष उमेरका ब्यक्तिहरुमा यस्तो प्रकोप देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न असहज हुने रक्त अल्पताको समस्या देखिने जस्ता लक्षण देखिने गरेको बताईएको छ । अहिले सम्म तीन सय जना भन्दा बढी मानिस यो संक्रमणबाट पिडित रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली खटाईएको त्यहाँको मन्त्रालयको जानकारी दिएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेर महामारीको रुप लिँदै गएकाले त्यहाँको अवस्था अहिले चिन्ताग्रस्त रहेको बताईन्छ ।

विश्व स्वास्थ्य सङगठन डब्ल्यूएचओले त्यस क्षेत्रमा प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू सङ्कलन गर्न स्वास्थ्य टोली खटाईसकिएको र नागरिकहरुलाई नआत्तिन तथा सचेत र सतर्क रहन आग्रह गरिएको छ । यसअघिदेखि नै मध्य अफ्रिकी देशले एमपक्स र कङ्गोले इबोला लगायतका गम्भीर प्रकोपको सामना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *