संखुवासभा,माघ २९
उद्यमशिल संस्कृति, राष्ट्रको संबृद्धि भन्ने नाराका साथ संखुवासभाको खाँदबारीमा उद्योग बाणिज्य प्रशासन सम्वन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा संखुवासभा उद्योग बाणिज्य संघको सहआयोजनामा दुईदिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको संखुवासभा उद्योग बाणिज्य संघका महासचिव प्रबिण श्रेष्ठले जानकारी दिनुभयाे ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र कुलुङ्को सभापतित्व तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय संखुवासभाका निमित्त कार्यालय प्रमुख संजय राई, संखुवासभा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष श्यामसुन्दर उदाश, पुर्व अध्यक्ष युवराज शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत बिशिष्ठ अतिथी रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य प्रकट गर्नूहुँदै संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले संखुवासभाका उद्योगि ब्यवसायीको हितलाई ध्यानमा राखि प्यान र भ्याटमा आबद्ध रहेका ब्यवसायीहरुलाई दुई दिने तालिमको आयोजना गरिएको जानकारी दिनुभयाे ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कानुन र नियमले कसैलाई नडाड्ने र कानुनी कुरा जानिन बुझिन भन्न नपाईने भएकाले ब्यवसायीहरुले आफ्ना ब्यवसाय संचालन गरिरहँदा बिवेकपुर्ण ढंगले गर्नूपर्ने बताउँदै हिसाव किताव बिल बिजक, खरिद बिक्रि खाताको सामान्य ज्ञान समेत नहुँदा ब्यवसायीहरुले ठुला समस्या भोग्न परिरहेको भन्दै दुई दिने तालिमको भरपुुर उपयोग गरि ब्यवस्थीत ढंगबाट ब्यवसाय संचालन गर्न आग्रह गर्नूभएको थियो ।
कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष युवराज शाक्यले ब्यवसायीहरुको हितका लागी संखुवासभा उद्योग बाणिज्य संघले जिल्लाका अन्य धेरै स्थानहरुमा कर प्रशिक्षण तालिम क्षमता अभिबृद्धि लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको जनाउँदै प्यान र भ्याटमा ब्यवसाय गर्दैआएकाहरुले यो दुई दिने तालिमबाट प्रचुर ज्ञान हाँसिल गर्नूपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा संखुवासभा खाँदबारी, मानेभन्ज्यांङ्ग, तुम्लिङ्टार लगायतका क्षेत्रबाट समेत ब्यवसायीहरु सहभागी बनेका छन् ।
दुई दिने अभिमुखिकरण तालिमको प्रशिक्षकका रुपमा चार्टड एकाउण्टेण्ट अर्जून श्रेष्ठ, करदाता सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख संजय राई लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको संखुवासभा उद्योग बाणिज्य संघका उपाध्यक्ष सरोज बज्राचार्यले जानकारी दिनुभयो ।
तसबिर: