कर्णालीकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा पुलमै फसेका खच्चरकाे उद्धार गरिँदै - साझाकुरा
मङ्लबार, अशोज २२, २०८१

कर्णालीकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा पुलमै फसेका खच्चरकाे उद्धार गरिँदै


editor@sajhakura June 9, 2024

दैलेख र अछाम जिल्ला जाेड्ने कर्णाली नदीमाथिकाे झाेलुङ्गे पिङकाे लट्ठा चुँडिदा १३ वटा खच्चर पुलमै फसेका छन् ।
आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभाेग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झाेलुङ्गे पिङकाे एकतर्फकाे लट्ठा चुँडिदा पुलमै फसेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिनुभयो । पुलकाे लट्ठा चुँडिदा अहिले दुई जिल्लाकाे आउजाउ पनि बन्द भएकाे छ ।
अहिले दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतकाे टाेलीले खच्चर उद्धार गर्न थालेकाे छ । पुलबाट उद्धार सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसाल्न थालिएकाे प्रहरीले जनाएकाे छ ।
याे पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ । श्राेत: उज्यालाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *