नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ ।
५०० मतको परिणाम आउँदा शाहले ३१० मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत मात्रै पाएका छन् । १०९ मत गन्न बाँकी रहँदै शाहको मतान्तर १६४ भएकाले जित सुनिश्चित भएको हो ।
अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्रै पाएका छन् ।
अन्य पदमा पनि शाहकै प्यानलको अग्रता छ ।