विश्वकै प्रमुख पर्यटकीय गन्तव्य स्थल मानिएको फ्रान्सस्थित आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि टावर सेवा बन्द भएको छ । आईफिल टावर अवलोकनका लागि अग्रिम टिकट काटेका लाखौं पर्यटकहरु अनिश्चतकालका लागि अवलोकन अवरूद्ध गरिएकोमा आक्रोशित बनेका छन् ।
टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापनले आफुहरुलाई अन्याय गरेकाले कर्मचारीहरु हड्तालमा उत्रनु परेको त्यहाँका श्रमिक महासङ्घ –सीजीटी) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
टावर ब्यवस्थापन समितिले भने अग्रिम टिकट काटि अवलोकनको पर्खाईमा रहेका आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवरुद्ध गरिएको जानकारी गराएका छन् ।
फ्रान्सको पेरिसस्थीत प्रशिद्ध आइफिल टावर अवलोकनका लागि बिश्वका बिभिन्न राष्ट्रहरुबाट हरेक वर्ष ७० लाख बढि आगन्तुकहरू पुग्ने गरेको र ति मध्यो करिब तीन चौथाइ विदेशी पर्यटक रहने गरेको आईफिल टावर ब्यवस्थापन पक्षले जनाएको छ ।