संखुवासभा मंशिर ३
कर प्रणालीको सार , लगानीको आधार भन्ने मुल नाराका साथ मंशिर १ देखि ७ गते सम्म सरकारले घोषणा गरेको कर सप्ताहको तेश्रो दिन सोमबार करदाता सेवा कार्यालय संखुवासभाले खाँदबारीमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानको सभापतित्वमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यको म्रमुख आतिथ्यता रहेको थियो । बिभिन्न संघसंस्था कार्यालय र उद्योगि ब्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यले कर डरले हैन रहरले तिर्न करदाताहरुलाई आग्रह गर्नूभएको थियो । आफुले गरेको कारोबारको राम्ररी हिसाव किताव, बिल बिजक नराख्दा ब्यवसायीहरु मारमा पर्ने गरेको वहाँको भनाई थियो ।
कर राज्य संचालनको प्रमुख आधार भएकाले करको दायरा फराकिलो बनाई करदातालाई सहज रुपमा कर तिर्न सरकारले बिभिन्न सहजीकरणको काम गर्दैआएपनि कतिपय करदाता र ब्यवसायीहरुले त्यसको पालना नगर्दा समस्या भैरहेको वहाँको भनाई थियो । कर संग डर नमानौं बरु भर परौं भन्दै वहाँले कतिपय अवस्थामा ब्यवसायीहरुले कर छल गर्ने उदेश्यले कारोबार खडा गर्दा समस्या हुनेगरेकाले कर तिर्न कन्ज्युस्याईं गर्न नहुनेमा जोड दिनुभएको थियो ।
करदाता सेवा कार्यालय खाँदबारी संखुवासभाका कार्यालय प्रमुख योगेश भट्टराईले संचालन गर्नूभएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी संखुवासभा उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण भगत प्रधानले कर शिक्षाको अभावका कारण कतिपय ब्यवसायीहरुले समस्या भोग्नपरेको बताउनु भएको थियो । संखुवासभा जिल्लालाई अत्याधिक कर संकलनको तारगेट दिईएको भन्दै वहाँले लक्षित कर संकलनको तार्गेट बढि भएकाले ब्यवसायीहरुबाट थप भार बहन गर्नूपरेको गुनासो आएको वहाँको धारणा थियो ।
गत बर्षको तुलनामा संखुवासभालाई करिव ३० प्रतिशत बढि कर संकलनको टार्गेट दिईएको भन्दै त्यसलाई कम गरि ब्यवसायीलाई सहयोग गर्न करप्रमुख समक्ष अनुरो्ध गरेका थिए । यस बर्ष संखुवासभालाई करिव ७३ करोडको राजश्व संकलनको लक्ष दिईएको करदाता सेवा कार्यालय संखुवासभाले जनाएको छ ।
कर कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सेवा कार्यालय संखुवासभाले खाँदबारीमा ब्यवसाय गर्दैआउनु भएका अनु स्टोर्सका प्रोप्राईटर नारायण श्रेष्ठलाई सम्मान समेत गरेको छ ।
समयमा कर तिरेको, आफ्नो ब्यवसाय ईमान्दारिता पुर्वक संचालन गरेको र जिल्लामा सबैभन्दा बढि राज्यलाई कर तिरेको भन्दै वहाँलाई खादा, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।