कलाकार कुटपिट अभियोगमा शर्मिला वाइबा पक्राउ - साझाकुरा
सोमवार, असार ३२, २०८१

कलाकार कुटपिट अभियोगमा शर्मिला वाइबा पक्राउ


editor@sajhakura February 28, 2024

आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएका थिए । त्यसपछि उनको खोजी थालेको प्रहरीले उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएकाे समचार अनलाईन खबरले प्रकाशित गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *