कागुवा खोलाले बगाउँदा संखुवासभामा एक बेपत्ता - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

कागुवा खोलाले बगाउँदा संखुवासभामा एक बेपत्ता


editor@sajhakura August 24, 2024

भाद्र ८
संखुवासभा चिचिला २ स्थीत कागुवा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
सनिवार विहान खोलाले बगाउँदा मृत्यु हुनेमा खाँदबारी नगरपालिका ४ का ४५ बर्षीय गंगा बहादुर गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्याल य संखुवासभाका प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

अरुण तेश्रो परियोजनामा मजदुरी गर्दैआएका गुरुङ्ग केहि समयका लागि बिदा लिएर घर फर्कने क्रममा रहेको जनाईएको छ । उनिसंगै खोला तरेका साथी गोरे बहादुर गूरुङ्गले साथी गंगाबहादुरलाई खोला तर्नेक्रममा कागुवाले बगाई लगेको जानकारी दिए ।

प्रहरीले बेपत्ता गुरुङ्गको ब्यापक खोजि गरिएपनि हालसम्म फेला पार्न नसकिएको जनाएको छ । खोजि कार्यलाई निरन्तरता दिईने पहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *