काजाकस्तानमा विमान दुर्घटना : २९ जनाको जीवितै उद्धार - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

काजाकस्तानमा विमान दुर्घटना : २९ जनाको जीवितै उद्धार


editor@sajhakura December 25, 2024

पाैष १०

अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना हुँदा ३० बढिकाे ज्यान गएकाे छ भने २९ जनाकाे जिवितै उद्धार गरिएकाे छ । विमानबाट उद्धार गरेका २९ जनाकाे त्यहाँकाे विभिन्न अस्पतालहरुमा उपचार भैरहेकाे बीबीसीले जनाएको छ ।

६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको बताईएकाे छ । । विमानबाट चार जनाको शव निकालेको र कम्तीमा ३० जनाको ज्यान गएको हुन सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था एफीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *