श्रावण २४
काभा महिला भलिबल लिगको उपविजेता नेपाली टोलीका खेलाडीलाई काठमाण्डौ महानगरपालिकाले जनहि एक लाख सहित सम्मान गरेको छ ।
आज महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो । महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन स्वरुप नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरेको हो ।
काभा महिला भलिवलमा नेपाली महिला खेलाडीले उच्च खेल कौसल प्रदर्शन गरेको र आगामी दिनमा खेल क्षेत्रको बिकासका लागि महानगरले खेलकुद क्षेत्रमा थप योजना अघि सार्ने महानगरका प्रमुख बालेन साहले बताए । महिला टोलिको खेल कौसल अत्यन्तै रोचक रहेको भन्दै महानगरका उपप्रमुख सुनीता डंगोलले पनि खेलाडीहरुको खेल कौसलको उच्च प्रशंसा गरेकी थिईन् ।