कान्तिपुर सहकारीमा ६ अर्ब हिनामिना : पूर्वअध्यक्ष लामा पक्राउ, नौ सञ्चालक अझै फरार  - साझाकुरा
सोमवार, असार ३२, २०८१

कान्तिपुर सहकारीमा ६ अर्ब हिनामिना : पूर्वअध्यक्ष लामा पक्राउ, नौ सञ्चालक अझै फरार 


editor@sajhakura June 1, 2024

मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार बिहान चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको छ ।

चितवनमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । यसअघि नै लामासहित ११ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । 
प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी मुद्दा चलाएकोमा अन्य १० जना फरार थिए । सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन् । याे समचार नयाँ पत्रिकाले प्रकाशन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *