काभा भलिबलः चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै - साझाकुरा
बिहिबार, जेष्ठ ९, २०८२

काभा भलिबलः चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै


admin October 13, 2023

काभा पुरुष भलिबल च्यालेञ्ज कपको आफ्नो चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो ।

६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्कतालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल पर्सि २८ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *