कात्तिक ४
फाइल फोटो ः रासस
गएको असोज महिनामा दशैं पर्व पर्दा समेत रोजगारीको खोजिमा बिदेशिने नेपालीको संख्या भयावह देखिएको छ । वैदेशिक रोजगार विभागले उल्लेख गरेअनुशार यस असोज महिनामा ५३ हजार पाँच सय २५ नेपाली कामको खोजिमा विदेशिएका छन् ।
जसमध्ये १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया उडेकमा छन् ।
यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली कामको खोजिमा बिदेशिएको बैदेशिक रोजगार बिभागले जनाएको छ । स्वदेशमा राजनितिक खिचातानीका कारण रोजगारीको अभाव, अव आउने दिनमा पनि कुनै आसा र आज आर्जनको नयाँ संभावना नदेखिएकाले उल्लेख्य संख्यामा युवाहरु बिदेशिन बाध्य रहेको आँकलन गरिएको छ ।