कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ - साझाकुरा
शनिबार, असार ३०, २०८१

कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ


editor@sajhakura December 27, 2023

सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्य कक्षबाटै पक्राउ गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरिदिनका लागि पर्वत प्रहरिलाई लिखित पत्रमार्फत आग्रह गरेको थियो। उनलाई पक्राउ गरी पोखरा पठाउने तयारी गरिएकाे प्रहरी निरीक्षक पौडेलले जनाए ।

सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएकाले उनलाई थप अनुशन्धानका लागि पक्राउ गरिएकाे प्रहरिकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *