कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा


editor@sajhakura January 5, 2024

नेपाल अर्बुद राेग निवारण संस्थाकाे ३३ औ केन्द्रीय सभा कास्किकाे लुम्लेमा शनिवारबाट शुरु हुने भएकाे छ । केन्द्रीय सभा दुई दिन सम्म चल्नेछ ।
भाेलि हुने केन्द्रीय सभाकाे समुद्घाटन गण्डकी प्रदेस स्वास्थ्य मन्त्रि शुसिला सिंम्खडाबाट हुने नेपाल अर्बुद राेग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय महासचिब दीपेन्द्र बान्तवाले लुम्लेमा हुने केन्द्रीय सभा सम्पन्न गर्नका लागि ४४ जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारि रहेकाे जानकारि दिए । उनले भाेलिकाे केन्द्रीय सभामा संस्थाले गर्दै आएकाे गतिबिधी, बार्षिक आर्थिक प्रतिवेदन, भावि रणनिति र संस्थागत प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेकाे बताए ।
नेपाल अर्बुद राेग निवारण संस्थाले सुर्तिजन्य पदार्थकाे बिकृ बितरणमा राेक लगाई यसबाट उत्पन्न क्यान्सरजन्य जटिल राेग न्युनिकरणका लागि विभिन्न प्रवर्धनात्मक र परामर्शका कार्यक्रमहरु संचालन गर्दै आएकाे छ । २०३९ सालमा स्थापित निवारण संस्थाले क्यान्सर राेग र यसबाट बच्नका लागि नेपालका विभिन्न समुदायहरुमा जनचेतनामुलक कार्यक्रम समेत आयाेजना गर्दै आएकाे छ । भाेलिबाट शुरु हुने दुई दिने केन्द्रीय सभाकाे सम्पुर्ण तैयारि पूरा भएकाे नेपाल अर्बुद राेग निवारण संस्था कास्की शाखाका सभापति प्रेम बहादुर भुजेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *