कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बिभागले उल्लेख गरेकाे छ ।
आज रति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ माैुम बिभागले प्रक्षेपण गरेकाे छ । बिभागले
कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थलमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएकाे छ ।
