नेपाल सरकारका पराराष्ट्र मन्त्री नारायणप्रसाद एनपी साउदले किमाथांङ्का नाका संचालनका लागि चीन सरकार सकारात्मक रहेका बताएका छन् । ।
संखुवासभाको खाँदबारिस्थीत तुम्लिंङटार बिमानस्थल आईपुगेका परराष्ट्रमन्त्री साउदले उक्त कुरा बताएका हुन् ।
परराष्ट्रमन्त्रि साउदले आगामी सेप्टेम्बर २३ देखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा यस क्षेत्रको बिकासका लागि किमाथांका नाका संचालन, सडक निर्माण, बिद्युत ट्रान्समिसनलाईनको द्रुत निर्माण लगायतका अन्य गौरवका परियोजना निर्माणका लागि चीन सरकारलाई प्रस्ताव राखिने कार्यक्रम रहेको जानकारी दिए ।
भारतीय राजदुताबासको सहयोगमा निर्माण भएको हिमालय किरण पब्लीक क्याम्पस खाँदबारीको नवनिर्मित भवनको उद्घाटनका लागि भारितीय राजदुत नवीन श्रीवास्तवसंगै उद्घाटनमा सरिकहुने र नेपाली काँग्रेस संखुवासभाले पार्टि कार्यालय चाँदनीचोकमा आयोजना गरेको भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।