श्रावण १२
किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको शोकमा भोलि आइतवार काठमाण्डौ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायहरुमा सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाण्डौ, ललितपुर र भक्तपुरका सबै पालिका र माताहतका कार्यालयहरुमा शोक बिदाको घोष्णा गरेको हो ।
लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा निधन भएको हो ।
फोरमका अध्यक्ष चीरबाबु महर्जनले निकाल्नुभएको विज्ञप्तिमा नकर्मीको निधनको खबरले काठमाण्डौ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख गरिएको छ ।
विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
उनको बिहिबार निधन भएको थियो । फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख गरिएको छ । ‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौँ उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको । उहाँले यस फोरममा रही पुर्याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ भन्ने उल्लेख गरिएको छ ।