भाद्र १३ बिद्युत महसुल उठाउन र बाँकि बक्यौता असुल उपर गर्न नसकेको भन्दै नेपाल मजदुर किसान पाटीका साँसद प्रेम सुवालले नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिंङलाई निलम्बन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै साँसद सुवालले ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली तानेर राजनितिक संरक्षणमा बसेर अर्बौं महसुल नतिर्नेहरुलाई कार्वाहि गर्न नसकेको भन्दै घिसिंङलाई निलम्बन सहित कार्वाहि गरिनुपर्ने सुवालले बताए । उनले भने बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्वन गरी कारबाही गरियोस । उनले ३ प्रतिशत मत कटाउन नसक्नेलाई राष्ट्रिय दलको मान्यता नदिने निर्वाचन आयोगको व्यवस्था हटाउन समेत माग गरेका छन् ।
‘उनले कुनैपनि दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि निर्वाचनमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान लोकतन्त्रको मुल्य मान्यता बिपरित भएको भन्दै थिए । यो मत सीमा हटाउन सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा ६ वर्ष बित्दा समेत फैसला हुन नसकेकोमा आक्रोस ब्यक्त गरेका थिए ।