केहि संचारमाध्यमले खेदो गरिरहेका छन्, आरोप प्रमाणित गर्न चुनौति दिन्छु? उर्जा जलश्रोत तथा सिंचाई मन्त्री खड्का - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

केहि संचारमाध्यमले खेदो गरिरहेका छन्, आरोप प्रमाणित गर्न चुनौति दिन्छु? उर्जा जलश्रोत तथा सिंचाई मन्त्री खड्का


editor@sajhakura January 24, 2025

संखुवासभा माघ ११
कृष्णराज शाक्य
नेपाल सरकार उर्जा जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आफुमाथिको आरोप प्रमाणीत गर्न संचारमाध्यमलाई चुनौति दिएका छन् । गृहजिल्ला संखुवासभाको हिमालय माध्यमिक बिद्यालयको ७५ औं बार्षिकोत्सव तथा हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले आफु बिरुद्ध केहि संचारमाध्यमहरुले लगाएको आरोम मिथ्या भएको बताउँदै उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् ।
नेपालका केहि संचारमाध्यमले आफुलाई खेदो गरिरिहेको र बिभिन्न अनर्गल मिथ्या आरोप लगाईरहेको भन्दै उक्त आरोप प्रमाणित भए आफुले राजनिति नै छाडिदिने बताएका हुन् । अहिले सरकार जलश्रोतको उपयोगमा जुटेको छ । सरकारका ढल्ने नयाँ सरकार बन्ने भन्ने हल्लाका कुरामा कुनै सत्यता नभएको भन्दै मन्त्री खड्काले यो सरकार पटक पटकको अस्थीर सरकारलाई बिस्थापित गर्दै बलियो सरकारका रुपमा स्थापित भएकाले सरकार ढल्नेकुरा हाँस्यास्पद भएको उनको भनाई थियो ।
२९ बर्षदेखि काम अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम अहिले शुरु भएको भन्दै १० बर्ष भित्र २५ हजार मेगावाट बिद्युत उत्पादनको लक्ष लिएको सरकार अब त्यहि रफ्तारका साथ अघि बढ्ने उर्जामन्त्री खड्काको भनाई थियो ।
संखुवासभा जिल्लाको सदरमुकाम स्थीत हिमालय माध्यमिक बिद्यालयले शैक्षिक गुणस्तर अभिबृद्धि, प्राबिधिक शिक्षा, भौतिक पुर्वाधार निर्माण गर्नै उदेश्य सहित आयोजना गरेको ७५ औं स्थापना दिवस तथा हिरक महोत्सवका अवसरमा हिमालय माध्यमिक बिद्यालयमा अध्ययन गरि राष्ट्रिय जिवनका बिभिन्न क्षेत्रमा योगदान पुर्याएका बिशिष्ट ब्यक्तित्व तथा पुर्व बिद्यार्थीहरुलाई सम्मान गर्नूका साथै बिभिन्न जातिय साँगितिक तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *