मन्त्रीपरिषदको शिफारिसका आधारमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरि रिहा गरिएका रिगल भनिने योगप्रसाद ढकाललाई पुन पक्राउ गरिएको छ । उनी बाँकेको नेपालगञ्जेबाट अहिले साँझ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ ।
आजै सर्बाेच्चले फैसला सुनाउँदै उनलाई तत्काल पक्राउको आदेश दिएको थियो ।
आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्ज सेतु विक चोकबाट नियन्त्रणमा लिई पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नारायण डाँगीले जानकारी दिए ।
केहि संचारमाध्यमले रिगलले आफैं प्रहरी समक्ष आत्मसमर्पण गरेको भनिएपनि सर्वोच्चको आजको आदेशपछि उनि मोबाइल अफ गरेर भारत तर्फ भाग्ने तयारीमा रहेका प्रहरीको भनाई छ ।
तर प्रहरीको उच्च निगरानीका कारण उनि भाग्न नपाएको प्रहरीले जनाएको छ ।
रिगल सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी को घोषणा पछि रिहा भएका थिए । उनि २०७२ असार २८ गते नेपालगञ्जका चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको सजाँय भुक्तान गरिरहेका थिए ।
चेतनकी श्रीमति भारतीले सरकारले गरेको रिहाईको निर्णय बिरुद्ध गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकि थिईन् । रिगलको पुन पक्राउ पछि संचारमाध्यमसंग चेतनकी श्रीमति भारतीले खुशी ब्यक्त गर्दै कानुनी राज्यको उपहाँस गर्ने सरकारलाई सर्वाेच्चले दरिलो झापड दिएको प्रतिकृया दिएकी छिन् ।